Wednesday, July 20, 2016

लेखा भन्नाले के बुझिन्छ? यशका उदेश्यहरु लेख्नुहोस ? एकोहोरो र दोहोरो लेखा प्रणालीबीच फरक छुट्याउनुहोस् ?

आर्थिक कार्यविधि ऐन, २०५५ अनुशार “लेखा भन्नाले कारोबार भएको व्यहोरा देखिने गरि प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेत लाई जनाउदछ |”
लेखा प्रणालीलाई वित्तीय कारोबार दर्साउने दर्पणको रुपमा पनि हेरिन्छ | आर्थिक क्रियाकलापहरुको अभिलेख राख्ने, वर्गीकरण गर्ने, सारांश निकाल्ने, ब्याख्या गर्ने र सम्बन्धित पक्षलाई उपलब्ध गराउने कार्यलाई लेखा प्रणाली भनिन्छ |

लेखाका उदेस्यहरु यसप्रकार छन् :
– कारोबार हरुको पूर्ण अभिलेख राख्ने |
– आर्थिक अवस्थाको चित्रण गर्ने |
– वस्तु तथा सम्पतिहरुको संरक्षण गर्नु |
– नाफा नोक्शान निश्चित गर्ने |
– आर्थिक कारोबार ठिक संग राख्ने |
– तोकिएको सीमाभित्र रही बजेट निकाशा र खर्च गर्ने
– आगामी योजना र बार्षिक बजेटका लागि आवस्यक पर्ने तथ्यांक उपलब्ध गराउने |
– विभिन्न कोषको अवस्था र कार्य प्रगति स्पस्ट देखाउनुका साथै आर्थिक प्रशाशन पारदर्शी बनाउने |
– भौतिक सामानको संरक्षण गर्ने र अवस्था स्पस्ट राख्ने |
– विभिन्न आवधिक प्रतिवेदन तयार गर्ने |
– समस्या समाधान र सहि निर्णय गर्नमा मदत गर्नु |

एकोहोरो लेखा प्रणाली र दोहोरो लेखा प्रणाली बीच भिन्नता :
परिचय‬:
एकोहोरो लेखा प्रणाली: आर्थिक कारोबारको एक तर्फ मात्र प्रभाव रहने गरि राखिने लेखालाई एकोहोरो लेखा प्रणाली भनिन्छ |
दोहोरो लेखा प्रणाली : आर्थिक कारोबारको दुइ पक्षको प्रभावलाई देखाउने गरि राखिने लेखलाई दोहोरो लेखा प्रणाली भनिन्छ |
पूर्णता:
एकोहोरो लेखा प्रणाली: यसमा दुइ पक्षको असर नपर्ने हुँदा तथ्यांक अपूर्ण र अधुरो रहन्छ |
दोहोरो लेखा प्रणाली : यसमा दुइ पक्षीय असर पर्ने भएकाले तथ्यांक पूर्ण हुन्छ |
‎त्रुटि‬ मुल्यांकन:
एकोहोरो लेखा प्रणाली: यसबाट सन्तुलन परिक्षण खाता तयार गर्न नसकिने भएकाले गणितीय त्रुटिहरु थाहा पाउन सकिदैन |
दोहोरो लेखा प्रणाली : यसबाट सन्तुलन परिक्षण लगायतका खाता तयार गर्न सकिने भएकाले गणितीय त्रुटिहरु थाहा पाउन सकिन्छ |
सस्थाको‬ मुल्यांकन:
एकोहोरो लेखा प्रणाली : यसबाट वासलात तयार गर्न नसकिने हुँदा सस्थाको यथार्थ आर्थिक स्थिति थाहा पाउन सकिदैन |
दोहोरो लेखा प्रणाली : यसबाट वासलात तयार गर्न सकिने हुँदा सस्थाको यथार्थ आर्थिक स्थिति थाहा पाउन सकिन्छ |
‎आर्थिक‬ हिनामिना पहिचान:
एकोहोरो लेखा प्रणाली : आर्थिक हिनामिना पत्ता लगाउन ज्यादै गारो हुन्छ |
दोहोरो लेखा प्रणाली : आर्थिक हिनामिना सजिलै पत्ता लगाउन सकिने हुँदा अनियमितता हुनबाट बचाउन सकिन्छ |

‎प्रस्तुति‬: ज्ञानसागर

नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान सम्बन्धमा जारि गरेका निर्देशनहरु

१. बैंक तथा वित्तीय सस्थाहरुले ग्राहक स्वीकार प्रक्रिया, ग्राहकको परिचय गर्ने प्रक्रिया, ग्राहकको कारोबारको अनुगमन प्रक्रिया र जोखिम व्यवस्थापन प्रक्रिया जस्ता बिषयमा केन्द्रित भई आफ्नु ग्राहक पहिचान कार्यविधि तयार गर्नु पर्नेछ |

२. बैंक तथा वित्तीय सस्थाले ग्राहकको खाता खोल्दा, ग्राहकलाई ऋण प्रदान गर्दा, विदेशी मुद्राको ड्राफ्ट, टेलिग्राफिक ट्रान्सफर गर्दा वा त्यस्तो ट्रान्सफरबाट रकम स्वीकार गर्दा तथा ग्राहकसंग मुद्रा वा मुद्राको प्रतिस्थापन सम्बन्धि कारोबार गर्दा तथा प्रतीतपत्र लगायतका अन्य कारोबार गर्दा अनिवार्य रुपमा ग्राहकसंग आवस्यकता अनुसार संलग्न अनुसूची-१ बमोजिमका सुचनाहरु लिनु पर्नेछ | जुनसुकै प्रयोजनका लागि नया खाता खोल्दा ग्राहक पहिचान लगायत पुरा गर्नु पर्ने अन्य आवस्यक सम्पूर्ण प्रक्रियागत व्यवस्था पुरा गरेरमात्र खाता खोल्नु पर्नेछ |

३. बैंक तथा वित्तीय सस्थाले आफ्नु प्रत्येक कार्यालय/साखामा संलग्न अनुसूची-१ बमोजिमको कागजात लगायत अन्य कागजातहरु तोकिएको कर्मचारीबाट प्रमाणित गराई राख्नु पर्नेछ |

४. नेपाल सरकारको उद्योग, बाणिज्य मन्त्रालय अन्तर्गतको कार्यालयमा दर्ता नभई महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गा.वि.स. जस्ता स्थानीय निकाय वा औषधि व्यवस्था बिभाग. खानि बिभाग लगायत अन्य सरकारी निकायबाट इजाजतप्राप्त गरि आयकर प्रयोजनको लागि नेपाल सरकार, अन्तरिक राजस्व विभागबाट स्थानीय लेखा नम्बर वा मूल्य अभिब्रिद्दी कर नम्बर प्राप्त गरि बिभिन्न उद्योग ब्यापार वा व्यवशाय संचालन गरिरहेका ग्राहकसंग बैंक तथा वित्तीय सस्थाले पछिल्लो पटक कर चुक्ता गरेको प्रमाणपत्र र नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरेको प्रमाणपत्र लाई समेत कर्जा वा अन्य बैंकिंग कारोबार गर्ने प्रयोजनको लागि आधार मान्न सकिनेछ |

५. बैंक तथा वित्तीय सस्थाले कुनै ग्राहकको संकास्पद तथा अस्वाभाविक रुपमा कारोबार बढेमा वा घटेमा वा अस्वाभाविक रुपमा विदेशबाट विप्रेषणको माध्यमबाट वा कुनै माध्यमबाट रकम प्राप्त भएमा वा विदेशबाट प्राप्त हुने रकमको स्रोत नखुलेमा वा स्पस्ट नभएमा त्यस्ता संकास्पद तथा अस्वाभाविक कारोबार र ग्राहकको विवरण तयार गरि मासिक रुपमा आफ्नु संचालक समितिमा पेश गर्नु पर्नेछ |

➡ साथै, बैंक तथा वित्तीय सस्थामा जम्मा हुन आउने दश लाख रुपैयाभन्दा माथिका रकमको कारोबार, खाता, वहि, स्रेस्ता वा हिशाब संचालन सम्बन्धि छुट्टै प्रक्रियागत संयन्त्र तयार गर्नु पर्नेछ र त्यस्तो कारोबारको स्रोत समेत सम्बन्धित ग्राहकबाट उल्लेख गर्न लागाई राख्नु पर्नेछ | यश प्रयोजनका लागि ग्राहक स्व-घोषण पनि मान्य हुनेछ |

➡ बैंकले पाँच लाख वा सो भन्दा माथिको रकम सटहि गरेको कारोबार विवरण र संकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैंक को वित्तीय जानकारी ईकाईमा अनिवार्य रुपमा पुर्याउनु पर्दछ |

स्रोत: ज्ञान सागर

सम्पत्ति सुद्दिकरण गर्ने कार्यलाई निवारण गर्न बनेको बिधेयक

प्रस्तावना : अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति सुद्दिकरण गर्ने कार्यलाई निवारण गर्ने संबन्धमा कानुनि व्यवस्था गर्न वान्छनीय भएकाले, व्यवस्थापिका- संसदले यो ऐन बनाएको छ |

परिच्छेद – २
Chapter-2
कसुर सम्बन्धि व्यवस्था
Provisions Relating to Offences

३. सम्पत्ति सुद्दीकरण गर्न नहुने:
3. Assets not to Be Laundered:
(१) कसैले पनि सम्पत्ति सुद्दिकरण गर्न गराउन हुदैन |
(1) Nobody shall launder or cause to launder
assets.
(२) कसैले उपदफा (१) बमोजिमको कार्य गरेमा यस ऐन बमोजिमको कसुर गरेको मानिनेछ |
(2)Any one committing acts pursuant to sub-section (1) shall be
deemed to have committed offence as per this Act.

४. सम्पत्ति सुद्दिकरण गरेको मानिने:
कसैले कर छल्ने वा आतंककारी क्रियाकलापबाट आर्जन वा त्यस्तो क्रियाकलापमा लगानी गर्ने कार्य वा देहाय बमोजिमका कुनै वा सबै कसुर गरि प्रत्यक्ष वा अप्रतक्ष रुपमा प्राप्त गरेको, धारण गरेको, भोगचलन गरेको वा प्रयोग गरेको सम्पत्ति र त्यस्तो सम्पत्ति कुनै प्रकारबाट लगानी गरि प्राप्त गरेको वा भएको वा बढे बढाएको सम्पत्ति लाई कानुनि रुपले प्राप्त गरेको, आर्जन गरेको सम्पत्तिको रुपमा भोग चलन गरेमा, धारण गरेमा वा प्रयोग गरेमा, उपयोग वा उपभोग गरेमा वा देखाउने कार्य वा अन्य कुनै पनि कार्य गरेमा वा त्यस्तो सम्पत्तिको स्रोत लुकाउने वा त्यस्तो सम्पत्ति प्राप्त गर्ने व्यक्तिलाई कानुनि कारवाहीबाट बचाउने उद्देस्यले त्यस्तो सम्पत्ति रुपान्तरण गर्न, लुकाउन वा स्थानान्तरण गर्न कसैलाई मद्दत गरेमा सम्पत्ति सुद्दिकरण गरेको मानिनेछ |
4. Assets Supposed to Have Laundered: Assets shall be supposed to have laundered in case anyone, directly or indirectly, earns from tax evasion or terrorist activities or invests in such activities or acquires, holds, possesses or utilizes assets by committing any or all offences stipulated as follows and in case assets acquired, held or accumulated from investment of such assets is possessed, held or used, utilized or consumed or committed any other act so as to present such assets as legally acquired or earned assets or conceals sources of origin of such assets or assists any one to transform, conceal or transfer such assets with an objective of avoiding legal actions to the person having such assets:-,
(क) हातहतियार खरखजाना सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(a) Offences under the prevailing arms and ammunitions laws,
(ख) विदेसी विनिमय नियमित गर्ने सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(b) Offences under the prevailing foreign exchange regulation laws,
(ग) ज्यान, चोरि, ठगि, किर्ते कागज, खोटा चलन, अपहरण वा शरीर बन्धक सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(c) Offences of murder, theft, cheating, forgery documents, counterfeiting, kidnap or abduction under the concerned prevailing laws,
(घ) लागु औसधि नियन्त्रण सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(d) Offences under the prevailing drug addiction control laws,
(ङ) राष्ट्रिय निकुन्ज तथा वन्य जन्तु संरक्षण सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(e) Offences under the prevailing national park and wild animals conservation laws,
(च) मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(f) Offences under the prevailing human trafficking and taking of hostages control laws,
(छ) सहकारी सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(g) Offences under the prevailing cooperatives laws,
(ज) वन सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(h) Offences under the prevailing forest laws,
(झ) भ्रस्टाचार निवारण सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(i) Offences under the prevailing corruption control laws,
बैंक तथा वित्तीय सस्था सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(j) Offences under the prevailing bank and financial institution laws,
(ट) बैंकिंग कसुर तथा सजाय सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(k) Offences under the prevailing banking crime and punishment laws,
(ठ) प्राचीन स्मारक संरक्षण सम्बन्धि प्रचलित कानुन अन्तर्गतको कसुर,
(l) Offences under the prevailing ancient monuments conseravation laws,
(ड) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरि तोकेको अन्य कुनै कानुन अन्तर्गतको कसुर,
(m) Other offences that Government of Nepal prescribes by
publishing in the Nepal Gazette.

स्पस्टिकरण: यस दफाको प्रयोजनको लागि कसैले देहायका कुनै महासन्धि अन्तर्गतका कुनै कसुर मानिने कार्य गर्ने वा कुनै व्यक्तिको ज्यान लिने वा अंगभंग गर्ने उदेश्यले वा त्यस्तो कसुर वा कसुर गर्ने कार्यमा रकम खर्च हुन्छ भन्ने थाहा पाई वा थाहा पाउनुपर्ने मनाशिब कारण भई कुनै पनि तरिकाले कुनै रकम प्रदान गरेमा वा संकलन गरेमा निजले आतंककारी क्रियाकलापमा लगानी गर्ने कार्य गरेको सम्झनु पर्छ |
Clarification: For the purpose of this section, in case any one has
committed any act supposed to be an offence under the following
conventions or provided or collected any money by any means for
murdering or physically disabling any other knowingly or with grounds that such money is being used for committing such offence, he shall be supposed to have invested in terrorist activities:-
(१) सन् १९६३ मा सम्पन्न वायुयानभित्र भएका कसुर तथा अन्य केहि कार्य सम्बन्धि तोकियो महासन्धि
(1) Tokyo Convention on Offences and Certain Other Acts Committed on Board Aircraft, 1963,
(२) सन् १९७० मा हेगमा सम्पन्न भएको वायुयानको गैरकानुनी कब्जाको दमन सम्बन्धि महासन्धि,
(2) Hague Convention for the Suppression of Unlawful Seizure of
Aircraft, 1970,
(३) सन् १९७१ मा मन्त्रियलमा सम्पन्न भएको गैर सैनिक हवाई उडानको सुरक्षाको विरुद्द गरिने गैर कानुनि कारबाहीको दमन सम्बन्धि महासन्धि,
(3) Montréal Convention for the Suppression of Unlawful Acts Against the Safety of Civil Aviation, 1971,
(४) सन् १९७३ मा सम्पन्न भएको कुटनैतिक प्रतिनिधि लगायत अन्तरास्ट्रिय रुपमा संरक्षित व्यक्तिहरु विरुद्दको अपराध निवारण तथा सजाय सम्बन्धि महासन्धि,
(4) Convention on the Prevention and Punishment of Crime Against Internationally Protected Persons Including Diplomatic Agents, 1973,
(५) सन् १९७९ मा सम्पन्न शरीर बन्धक लिने विरुद्दको महासन्धि,
(5) International convention Against the Taking of Hostages, 1979,
(६) सन् १९८७ मा सम्पन्न आतंकवादको दमन सम्बन्धि सार्क क्षेत्रीय महासन्धि,
(6) SAARC Regional Convention on Suppression of Terrorism, 1987,
(७) आतंकबादी काम कारबाहीको विरुद्दका नेपाल पक्ष भएको अन्य कुनै महासन्धि |
(7) Any Convention against Terrorist Activities to which Nepal is a party.
५. उद्द्योग, मद्दत वा दुरुत्साहन गर्न नहुने: कसैले पनि यस परिच्छेद बमोजिमको कसुर गर्ने उद्द्योग गर्न, मद्दत गर्न वा दुरुत्साहन गर्न हुदैन |
5. Not to Attempt, Support or Provoke: No one should attempt, support or provoke others to commit offences stipulated in this chapter.

 

‪प्रस्तुति‬ : ‪ज्ञानसागर‬

edhrfhjfr

‘क’ वर्गका वित्तीय सस्थाको काम, कर्तब्य र अधिकार / नेपालको बैंकिंग क्षेत्रका बिध्यमान चुनौतिहरु

बैंक तथा वित्तीय सस्था सम्बन्धि ऐन, २०६३ अनुशार ‘क’ वर्गको इजाजतपत्र पाएको सस्थाले गर्ने काम कर्तब्य र अधिकारहरुका सम्बन्धमा ऐनको दफा ४७ उपदफा (१) को खण्ड क देखि खण्ड स सम्मको ३२ खण्डमा उल्लेख गरिएको छ | जसलाई तल प्रस्तुत गरिएको छ |
(क) ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने,
(ख) राष्ट्र बैंकले तोकिदिए बमोजिमको कर्जा दिने,
(ग) प्रचलित कानुनको अधिनमा रही विदेशी विनिमय कारोबार गर्ने |
(घ) हायर पर्चेज, हाईपोथिकेसन, लिजिंग, हाउजिंग तथा सेवा व्यवशायको लागि कर्जा दिने |
(ङ) राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही मर्चेन्ट बैंकिंग कारोबार गर्ने |
(च) अन्य इजाजत प्राप्त सस्था संग मिलि सहवित्तीयकरणको आधारमा धितो विभाजन गर्ने गरि आपसमा भएको सम्झौता अनुशार संयुक्त रुपमा कर्जा दिने दिलाउने व्यवस्था गर्ने |
(छ) आफ्नु ग्राहकको तर्फबाट जमानत पत्र जारि गर्ने र सो वापत ग्राहकसंग आवस्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पत्ति धितो बन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने |
(ज) स्वदेसी वा विदेशी बैंक वित्तीय सस्थाको जमानतमा कर्जा लिने |
(झ) प्रतीतपत्र, विनिमय पत्र, प्रतिज्ञा पत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्कासन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउन्ट गर्ने वा खरिद बिक्रि गर्ने |
(ञ) राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही टेलिफोन, टेलेक्स, फ्याक्स, कम्प्युटर, वा म्याग्नेटिक टेप वा अन्य तेस्तै प्रकारका विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने |
(ट) राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही क्रेडिट कार्ड, डेबिट कार्ड, चार्जकार्ड लगायतका अन्य वित्तीय उपकरण जारी गर्ने, स्वीकार गर्ने र सो सम्बन्धि कार्य गर्न एजेन्ट नियुक्त गर्ने |
(ठ) ए.टि.एम. र क्यास डिस्पेसिंग मेसिनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने र कर्जा दिने ,
(ड) आफुले पत्याएको व्यक्तिलाई अधिविकर्ष कर्जा दिने |
(ढ) आफूकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पत्तिको मुल्यले थामेसम्मको रकम पुन: एकैपटक वा पटक पटक गरि कर्जा दिने वा अन्य इजाजत प्राप्त सस्थामा धितोमा रहिसकेको चल अचल सम्पत्तिको पुन: धितोमा त्यसको मुल्यले थामेसम्मको रकम पुन: एकैपटक वा पटक पटक गरि कर्जा दिने |
(ण) राष्ट्र बैंकले तोकेको शर्तमा राष्ट्र बैंकको एजेन्ट भई नेपाल सरकारको तर्फबाट सरकारी कारोबार लगायत अन्य कारोबार गर्ने |
(त) नेपाल राज्यभित्र वा विदेशमा विनिमयपत्र, चेक वा अन्य वित्तीय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चांदी. शेयर, डिबेन्चर, बन्ड आदि खरिद बिक्रि गर्ने र शेयरको लाभांस तथा प्रतिज्ञा पत्र, डिबेन्चर, बन्ड आदिको ब्याज असुल उपर गर्ने |
(थ) ग्राहकको निमित्त कमिसन एजेन्ट भई शेयर, डिबेन्चर, वा सुरक्षणको ब्याज आदि उठाई दिने र सो को लाभांश, मुनाफा वा ब्याज नेपाल राज्यभित्र वा विदेशमा समेत पठाउने |
(द) नेपाल सरकार वा राष्ट्र बैंकले जारि गरेको ऋणपत्र खरिदबिक्री गर्ने वा साकार गर्ने |
(ध) सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने |
(न) राष्ट्र बैंकले तोकिदिएको शर्तमा वासलात बाहिरको कारोबार गर्ने |
(प) विपन्न वर्ग, न्यून आय भएका परिवार, दैबी प्रकोप पिडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानका लागि व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने |
(फ) आफु तथा अन्य इजाजतपत्र प्राप्त सस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सूचना वा जानकारी राष्ट्र बैंक वा अन्य इजाजतप्राप्त सस्थांबीच लिने दिने |
(ब) अन्य कुनै इजाजतपत्र प्राप्त सस्थाबाट आफ्नु ग्राहकलाई कर्जा उपलब्ध गराउन जमानी गर्ने |
(भ) राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बन्ड, ऋणपत्र, बचतपत्र वा अन्य वित्तीय उपकरणको माध्यमबाट पुजी परिचालन गर्ने |
(म) आवश्यकता अनुशार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त सस्थाबाट कर्जा लिनेदिने |
(य) परियोजना स्थापना, संचालन र मुल्यांकन सम्बन्धि अध्ययन अनुसन्धान, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने |
(र) परियोजनाको प्रवर्धनका लागि नेपाल सरकार वा अन्य स्वदेसी वा विदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रुपमा प्रवाह गर्ने वा कर्जा व्यवस्थापन गर्ने |
(ल) कुनै व्यक्ति वा सस्थालाई कर्जा दिदा वा निज संग कारोबार गर्दा आफ्नु हितको संरक्षणको लागि आवस्यक शर्त गराउने |
(व) आफ्नु चल अचल जायजेथा धितो राखी कर्जा लिने,
(श) समितिले बनाएको विनिमयको अधिनमा रही कर्जा अपलेखन गर्ने |
(ष) आफ्नु जायजेथाको उचित प्रवन्ध वा बिक्रि गर्ने |
(स) राष्ट्र बैंकले तोकेको अन्य काम गर्ने |

नेपालमा बैंक तथा वित्तीय सस्थाहरुको हालको अवस्था एकदमै फलदाई छ | बैंकहरुलाई अवसरहरु प्राप्त भईरहेको छ | जसले गर्दा बैंक तथा वित्तीय सस्थाहरुको दिन प्रतिदिन उपस्थिति बढ्दो छ | तर हालको अवस्था राम्रो हुँदा हुँदै पनि बैंकिंग व्यवशायमा देखिएका चुनौतिहरु निम्नानुशार उल्लेख गर्न सकिन्छ |
न्यून आर्थिक बृद्दीदर:
नेपालको आर्थिक अवस्था बृद्दीदर ज्यादै न्यून रहेको छ | देशमा भएका उद्योग धन्दा बन्द हुने अवस्थामा छन् भने नयाँ उद्ध्योगधन्दाको आगमन ज्यादै न्यून छ | फलस्वरूप साधनहरुको अधिकतम परिचालन हुन पाउदैन जसले गर्दा बैंकिंग प्रणालीको विकाशको लागि एकदमै चुनौती सिर्जना हुन गएको छ |
राजनैतिक अस्थिरता :
नेपालमा विगत वि.स. २००७ देखि नै हालसम्म राजनीतिक स्थिरता रहेन बैंकिंग व्यवशायमा पंचायती व्यवस्था तथा उदारीकरणको नीति अवलम्बन भएपछि १० बर्ष माओबादी सशस्त्र युद्द तथा २०६२/६३ पछिको गणतन्त्रपछी पनि विभिन्न सरकार परिवर्तन भए पनि त्यसले खासै उपलब्धि दिन सकेको छैन | राजनैतिक अस्थिरताको कारणले बैंकिंग क्षेत्रका नीति, नियम तथा कार्यविधिमा अस्थिरता आएको छ |
उच्च प्रतिस्प्रधा:
राष्ट्रले अंगालेको उदारीकरण नीति पश्चात नेपालमा बैंक तथा वित्तीय सस्थाहरु खोल्ने क्रम तीव्र रुपमा बढ्दै गयो फलस्वरूप बैंकिंग ज्ञान भएका/नभएका व्यक्ति/ब्यापारीहरुको बैंकिंग क्षेत्रमा प्रवेश भयो | फलस्वरूप बैंकलाई कसरि संचालन गर्ने भन्ने ज्ञानको आभाव भयो | बैंक तथा वित्तीय सस्थाहरु बीच ग्राहक तान्ने होडबाजी नै चल्न गयो जसले गर्दा सम्भावित बजारलाई साघुरो बनाएको छ |
उपयुक्त लगानीको अभाव:
बैंक हरुले सस्तो दरमा निक्षेप संकलन गरे पनि त्यसको प्रयोगमा आएको कमीले गर्दा आज बैंकमा ठुलो धनरासी जम्मा भईरहेको छ | लगानीका अवसरहरुको अभावले गर्दा पूजीको व्यापक रुपमा परिचालन हुन सकेको छैन | यस्तो अवस्थामा बैंक तथा वित्तीय सस्थाको कर्जा प्रवाह क्षेत्र साघुरिएको छ |
प्रविधिको विकाश :
बिज्ञान तथा प्रविधिमा आएको परिवर्तनले गर्दा नयाँ नयाँ कारोबारहरु भित्रिएका छन् | जसले गर्दा एकातिर बैंक तथा वित्तीय सस्थालाई सरल तथा सहज बनाएको छ भने अर्को तिर चुनौती पनि थपिएको छ | अर्को तिर अत्याधुनिक प्रविधिमा ठुलो लगानी गर्नुपर्ने भएकाले यसले बैंक तथा वित्तीय सस्थालाई अर्को समस्या खादा गरेको छ |
खराब कर्जा लगानी :
भनिन्छ ग्राहक भनेको व्यवशायको राजा हो | ग्राहक बिना व्यवशायको परिकल्पना गर्न सकिदैन तर बैंकक केहि ग्राहकहरुले गलत नियत राखी कारोबार गर्न प्रयास गरेको पाहिन्छ | ग्राहकहरुमा उत्त्पन्न भएको विकृत र गलत नियतले गर्दा बैंकहरुमा जालसाजी र ठगीका घटनाहरु बढ्दै गएको देखिन्छ | कर्जाका ब्याज तथा सावाँ तिर्ने हैसियत हुँदा हुदै पनि नतिरे के हुन्छ भन्ने गलत विचारका कारणले गर्दा बैंक लाई चुनौती थपिदै गएको छ |
ग्राहक पलायन :
नेपालमा उत्त्पन्न राजनैतिक समस्या र अस्थिरताले गर्दा निक्षेप ग्राहक छिमेकी राष्ट्र भारततर्फ पलायन हुने गरेको पाईन्छ | बोर्डर क्षेत्रका बासिन्दाहरु आफुसंग भएको रकम भारततर्फ जम्मा गर्न जान्छन र यस प्रकार पुजी देस बाहिर जाने समाचार प्रकाशनमा आएको छ | नेपालमा पर्याप्त नीति नियम अभावले गर्दा वित्तीय सस्थाहरु समस्या ग्रस्थ हुने र बैंक तथा वित्तीय सस्था प्रति जनताको विश्वास न्यून हुदै गएको कारणले गर्दा कतिपय ग्राहकहरु अन्यत्र पलायन हुने क्रम बढ्दो छ |

अन्य केहि चुनौतीहरु:
– दक्ष, कुशल जनशक्ति आभाव
– आधुनिक प्रविधिमा पछौटेपन
– विदेशी सहयोगमा निर्भर रहने प्रवित्ति
– व्यवशायिक निष्ठामा कमि
– बचत गर्ने बानीमा विकाश नहुनु
– बैंकिंग अपराध बृद्दी

‪ज्ञानसागर‬ : ‎प्रस्तुति‬

fswfsgfs

राष्ट्रिय बणिज्य बैंक नमुना प्रश्न पत्र – तह – ५ (प्रशासन समुह)

प्रथम पत्र
पूर्णअंक : १००
समय : ३ घण्टा
दिइएका सबै प्रश्न अनिवार्य छन् | ( ५*२० = १००)
१. ‘क’ वर्गका वित्तीय सस्थाको काम, कर्तब्य र अधिकार लेख्दै नेपालको बैंकिंग क्षेत्रका बिध्यमान चुनौतिहरु लेख्नुहोस |
२. नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम नेपाल राष्ट्र बैंकले नियमन गर्ने क्षेत्राधिकार तथा निरीक्षण र सुपरिवेक्षण गर्ने सम्बन्धमा रहेको प्रावधानबारे लेख्नुहोस |
३. लेखा भन्नाले के बुझिन्छ? यशका उदेश्यहरु लेख्नुहोस |
एकोहोरो र दोहोरो लेखा प्रणालीबीच फरक छुट्याउनुहोस् |
४. ह्राशकट्टी भनेको के हो? ह्राशकट्टी गर्ने विधिहरु लेख्नुहोस |
५. सुचना प्रविधि नीति, २०६७ अनुशार सुचना प्रविधि नीति सम्बन्धि योजना तर्जुमा एवं कार्यान्वयन गर्न गठित समितिको गठन बारे लेख्नुहोस | सोहि नीतिमा उल्लेख गरिएका रणनीति तथा कार्यनीतिबारे लेख्नुहोस |

द्वितीय पत्र:
पूर्णअंक: १००
समय : ३ घण्टा
दिइएका सबै प्रश्न अनिवार्य छन् | ( ५*२० = १०० )
१. द्वन्द भन्नाले के बुझिन्छ? द्वन्दका सकारात्मक र नकारात्मक असरहरुबारे लेख्नुहोस | द्वन्द समाधान गर्न अपनाउनुपर्ने रणनीतिहरुबारे लेख्नुहोस |
२. पत्र व्यवहार भनेको के हो? पत्र व्यवहारको महत्व एवं उद्देस्य लेख्नुहोस | पत्र व्यवहार गर्दा ध्यान दिनुपर्ने कुराहरु लेख्नुहोस |
३. मानव संसाधन व्यवस्थापनको परिचय दिदै मानव संसाधन व्यवस्थापनको विशेषता एवं उद्देश्य लेख्नुहोस |
४. राष्ट्रिय बाणिज्य बैंकको काम कारवाही संबन्धमा विवेचना गर्नुहोस |
५. २०६४ असारमा १० वटा कर्जाको वक्यौता रकम (रु. लाखमा) देहाय बमोजिम रहेको छ | ५६०, १२०, ३००, २२०, ३९०, ४२०, १६०, क, १८०, ६० | यी
१० वटा कर्जाको कुल वक्यौता रु २६०० लाख रहेको छ | उपरोक्त विवरणको आधारमा देहायको प्रश्नको उत्तर दिनुहोस |
(क) ‘क’ को मान कति होला?
(ख) औशत प्रति कर्जा वक्यौता कति होला?

प्रस्तुति : ज्ञानसागर