Wednesday, July 20, 2016

edhrfhjfr

‘क’ वर्गका वित्तीय सस्थाको काम, कर्तब्य र अधिकार / नेपालको बैंकिंग क्षेत्रका बिध्यमान चुनौतिहरु

बैंक तथा वित्तीय सस्था सम्बन्धि ऐन, २०६३ अनुशार ‘क’ वर्गको इजाजतपत्र पाएको सस्थाले गर्ने काम कर्तब्य र अधिकारहरुका सम्बन्धमा ऐनको दफा ४७ उपदफा (१) को खण्ड क देखि खण्ड स सम्मको ३२ खण्डमा उल्लेख गरिएको छ | जसलाई तल प्रस्तुत गरिएको छ |
(क) ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने,
(ख) राष्ट्र बैंकले तोकिदिए बमोजिमको कर्जा दिने,
(ग) प्रचलित कानुनको अधिनमा रही विदेशी विनिमय कारोबार गर्ने |
(घ) हायर पर्चेज, हाईपोथिकेसन, लिजिंग, हाउजिंग तथा सेवा व्यवशायको लागि कर्जा दिने |
(ङ) राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही मर्चेन्ट बैंकिंग कारोबार गर्ने |
(च) अन्य इजाजत प्राप्त सस्था संग मिलि सहवित्तीयकरणको आधारमा धितो विभाजन गर्ने गरि आपसमा भएको सम्झौता अनुशार संयुक्त रुपमा कर्जा दिने दिलाउने व्यवस्था गर्ने |
(छ) आफ्नु ग्राहकको तर्फबाट जमानत पत्र जारि गर्ने र सो वापत ग्राहकसंग आवस्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल अचल सम्पत्ति धितो बन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने |
(ज) स्वदेसी वा विदेशी बैंक वित्तीय सस्थाको जमानतमा कर्जा लिने |
(झ) प्रतीतपत्र, विनिमय पत्र, प्रतिज्ञा पत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्कासन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउन्ट गर्ने वा खरिद बिक्रि गर्ने |
(ञ) राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही टेलिफोन, टेलेक्स, फ्याक्स, कम्प्युटर, वा म्याग्नेटिक टेप वा अन्य तेस्तै प्रकारका विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने |
(ट) राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही क्रेडिट कार्ड, डेबिट कार्ड, चार्जकार्ड लगायतका अन्य वित्तीय उपकरण जारी गर्ने, स्वीकार गर्ने र सो सम्बन्धि कार्य गर्न एजेन्ट नियुक्त गर्ने |
(ठ) ए.टि.एम. र क्यास डिस्पेसिंग मेसिनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने र कर्जा दिने ,
(ड) आफुले पत्याएको व्यक्तिलाई अधिविकर्ष कर्जा दिने |
(ढ) आफूकहाँ पहिले नै धितो रहिसकेको चल अचल सम्पत्तिको मुल्यले थामेसम्मको रकम पुन: एकैपटक वा पटक पटक गरि कर्जा दिने वा अन्य इजाजत प्राप्त सस्थामा धितोमा रहिसकेको चल अचल सम्पत्तिको पुन: धितोमा त्यसको मुल्यले थामेसम्मको रकम पुन: एकैपटक वा पटक पटक गरि कर्जा दिने |
(ण) राष्ट्र बैंकले तोकेको शर्तमा राष्ट्र बैंकको एजेन्ट भई नेपाल सरकारको तर्फबाट सरकारी कारोबार लगायत अन्य कारोबार गर्ने |
(त) नेपाल राज्यभित्र वा विदेशमा विनिमयपत्र, चेक वा अन्य वित्तीय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चांदी. शेयर, डिबेन्चर, बन्ड आदि खरिद बिक्रि गर्ने र शेयरको लाभांस तथा प्रतिज्ञा पत्र, डिबेन्चर, बन्ड आदिको ब्याज असुल उपर गर्ने |
(थ) ग्राहकको निमित्त कमिसन एजेन्ट भई शेयर, डिबेन्चर, वा सुरक्षणको ब्याज आदि उठाई दिने र सो को लाभांश, मुनाफा वा ब्याज नेपाल राज्यभित्र वा विदेशमा समेत पठाउने |
(द) नेपाल सरकार वा राष्ट्र बैंकले जारि गरेको ऋणपत्र खरिदबिक्री गर्ने वा साकार गर्ने |
(ध) सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने |
(न) राष्ट्र बैंकले तोकिदिएको शर्तमा वासलात बाहिरको कारोबार गर्ने |
(प) विपन्न वर्ग, न्यून आय भएका परिवार, दैबी प्रकोप पिडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानका लागि व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने |
(फ) आफु तथा अन्य इजाजतपत्र प्राप्त सस्थाबाट कर्जा लिने ऋणी वा ग्राहकको विवरण, सूचना वा जानकारी राष्ट्र बैंक वा अन्य इजाजतप्राप्त सस्थांबीच लिने दिने |
(ब) अन्य कुनै इजाजतपत्र प्राप्त सस्थाबाट आफ्नु ग्राहकलाई कर्जा उपलब्ध गराउन जमानी गर्ने |
(भ) राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बन्ड, ऋणपत्र, बचतपत्र वा अन्य वित्तीय उपकरणको माध्यमबाट पुजी परिचालन गर्ने |
(म) आवश्यकता अनुशार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त सस्थाबाट कर्जा लिनेदिने |
(य) परियोजना स्थापना, संचालन र मुल्यांकन सम्बन्धि अध्ययन अनुसन्धान, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने |
(र) परियोजनाको प्रवर्धनका लागि नेपाल सरकार वा अन्य स्वदेसी वा विदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रुपमा प्रवाह गर्ने वा कर्जा व्यवस्थापन गर्ने |
(ल) कुनै व्यक्ति वा सस्थालाई कर्जा दिदा वा निज संग कारोबार गर्दा आफ्नु हितको संरक्षणको लागि आवस्यक शर्त गराउने |
(व) आफ्नु चल अचल जायजेथा धितो राखी कर्जा लिने,
(श) समितिले बनाएको विनिमयको अधिनमा रही कर्जा अपलेखन गर्ने |
(ष) आफ्नु जायजेथाको उचित प्रवन्ध वा बिक्रि गर्ने |
(स) राष्ट्र बैंकले तोकेको अन्य काम गर्ने |

नेपालमा बैंक तथा वित्तीय सस्थाहरुको हालको अवस्था एकदमै फलदाई छ | बैंकहरुलाई अवसरहरु प्राप्त भईरहेको छ | जसले गर्दा बैंक तथा वित्तीय सस्थाहरुको दिन प्रतिदिन उपस्थिति बढ्दो छ | तर हालको अवस्था राम्रो हुँदा हुँदै पनि बैंकिंग व्यवशायमा देखिएका चुनौतिहरु निम्नानुशार उल्लेख गर्न सकिन्छ |
न्यून आर्थिक बृद्दीदर:
नेपालको आर्थिक अवस्था बृद्दीदर ज्यादै न्यून रहेको छ | देशमा भएका उद्योग धन्दा बन्द हुने अवस्थामा छन् भने नयाँ उद्ध्योगधन्दाको आगमन ज्यादै न्यून छ | फलस्वरूप साधनहरुको अधिकतम परिचालन हुन पाउदैन जसले गर्दा बैंकिंग प्रणालीको विकाशको लागि एकदमै चुनौती सिर्जना हुन गएको छ |
राजनैतिक अस्थिरता :
नेपालमा विगत वि.स. २००७ देखि नै हालसम्म राजनीतिक स्थिरता रहेन बैंकिंग व्यवशायमा पंचायती व्यवस्था तथा उदारीकरणको नीति अवलम्बन भएपछि १० बर्ष माओबादी सशस्त्र युद्द तथा २०६२/६३ पछिको गणतन्त्रपछी पनि विभिन्न सरकार परिवर्तन भए पनि त्यसले खासै उपलब्धि दिन सकेको छैन | राजनैतिक अस्थिरताको कारणले बैंकिंग क्षेत्रका नीति, नियम तथा कार्यविधिमा अस्थिरता आएको छ |
उच्च प्रतिस्प्रधा:
राष्ट्रले अंगालेको उदारीकरण नीति पश्चात नेपालमा बैंक तथा वित्तीय सस्थाहरु खोल्ने क्रम तीव्र रुपमा बढ्दै गयो फलस्वरूप बैंकिंग ज्ञान भएका/नभएका व्यक्ति/ब्यापारीहरुको बैंकिंग क्षेत्रमा प्रवेश भयो | फलस्वरूप बैंकलाई कसरि संचालन गर्ने भन्ने ज्ञानको आभाव भयो | बैंक तथा वित्तीय सस्थाहरु बीच ग्राहक तान्ने होडबाजी नै चल्न गयो जसले गर्दा सम्भावित बजारलाई साघुरो बनाएको छ |
उपयुक्त लगानीको अभाव:
बैंक हरुले सस्तो दरमा निक्षेप संकलन गरे पनि त्यसको प्रयोगमा आएको कमीले गर्दा आज बैंकमा ठुलो धनरासी जम्मा भईरहेको छ | लगानीका अवसरहरुको अभावले गर्दा पूजीको व्यापक रुपमा परिचालन हुन सकेको छैन | यस्तो अवस्थामा बैंक तथा वित्तीय सस्थाको कर्जा प्रवाह क्षेत्र साघुरिएको छ |
प्रविधिको विकाश :
बिज्ञान तथा प्रविधिमा आएको परिवर्तनले गर्दा नयाँ नयाँ कारोबारहरु भित्रिएका छन् | जसले गर्दा एकातिर बैंक तथा वित्तीय सस्थालाई सरल तथा सहज बनाएको छ भने अर्को तिर चुनौती पनि थपिएको छ | अर्को तिर अत्याधुनिक प्रविधिमा ठुलो लगानी गर्नुपर्ने भएकाले यसले बैंक तथा वित्तीय सस्थालाई अर्को समस्या खादा गरेको छ |
खराब कर्जा लगानी :
भनिन्छ ग्राहक भनेको व्यवशायको राजा हो | ग्राहक बिना व्यवशायको परिकल्पना गर्न सकिदैन तर बैंकक केहि ग्राहकहरुले गलत नियत राखी कारोबार गर्न प्रयास गरेको पाहिन्छ | ग्राहकहरुमा उत्त्पन्न भएको विकृत र गलत नियतले गर्दा बैंकहरुमा जालसाजी र ठगीका घटनाहरु बढ्दै गएको देखिन्छ | कर्जाका ब्याज तथा सावाँ तिर्ने हैसियत हुँदा हुदै पनि नतिरे के हुन्छ भन्ने गलत विचारका कारणले गर्दा बैंक लाई चुनौती थपिदै गएको छ |
ग्राहक पलायन :
नेपालमा उत्त्पन्न राजनैतिक समस्या र अस्थिरताले गर्दा निक्षेप ग्राहक छिमेकी राष्ट्र भारततर्फ पलायन हुने गरेको पाईन्छ | बोर्डर क्षेत्रका बासिन्दाहरु आफुसंग भएको रकम भारततर्फ जम्मा गर्न जान्छन र यस प्रकार पुजी देस बाहिर जाने समाचार प्रकाशनमा आएको छ | नेपालमा पर्याप्त नीति नियम अभावले गर्दा वित्तीय सस्थाहरु समस्या ग्रस्थ हुने र बैंक तथा वित्तीय सस्था प्रति जनताको विश्वास न्यून हुदै गएको कारणले गर्दा कतिपय ग्राहकहरु अन्यत्र पलायन हुने क्रम बढ्दो छ |

अन्य केहि चुनौतीहरु:
– दक्ष, कुशल जनशक्ति आभाव
– आधुनिक प्रविधिमा पछौटेपन
– विदेशी सहयोगमा निर्भर रहने प्रवित्ति
– व्यवशायिक निष्ठामा कमि
– बचत गर्ने बानीमा विकाश नहुनु
– बैंकिंग अपराध बृद्दी

‪ज्ञानसागर‬ : ‎प्रस्तुति‬

No comments:

Post a Comment