Wednesday, July 20, 2016

लेखा भन्नाले के बुझिन्छ? यशका उदेश्यहरु लेख्नुहोस ? एकोहोरो र दोहोरो लेखा प्रणालीबीच फरक छुट्याउनुहोस् ?

आर्थिक कार्यविधि ऐन, २०५५ अनुशार “लेखा भन्नाले कारोबार भएको व्यहोरा देखिने गरि प्रचलित कानुन बमोजिम राखिने अभिलेख, खाता, किताब आदि र सो कारोबारलाई प्रमाणित गर्ने अन्य कागजात समेत लाई जनाउदछ |”
लेखा प्रणालीलाई वित्तीय कारोबार दर्साउने दर्पणको रुपमा पनि हेरिन्छ | आर्थिक क्रियाकलापहरुको अभिलेख राख्ने, वर्गीकरण गर्ने, सारांश निकाल्ने, ब्याख्या गर्ने र सम्बन्धित पक्षलाई उपलब्ध गराउने कार्यलाई लेखा प्रणाली भनिन्छ |

लेखाका उदेस्यहरु यसप्रकार छन् :
– कारोबार हरुको पूर्ण अभिलेख राख्ने |
– आर्थिक अवस्थाको चित्रण गर्ने |
– वस्तु तथा सम्पतिहरुको संरक्षण गर्नु |
– नाफा नोक्शान निश्चित गर्ने |
– आर्थिक कारोबार ठिक संग राख्ने |
– तोकिएको सीमाभित्र रही बजेट निकाशा र खर्च गर्ने
– आगामी योजना र बार्षिक बजेटका लागि आवस्यक पर्ने तथ्यांक उपलब्ध गराउने |
– विभिन्न कोषको अवस्था र कार्य प्रगति स्पस्ट देखाउनुका साथै आर्थिक प्रशाशन पारदर्शी बनाउने |
– भौतिक सामानको संरक्षण गर्ने र अवस्था स्पस्ट राख्ने |
– विभिन्न आवधिक प्रतिवेदन तयार गर्ने |
– समस्या समाधान र सहि निर्णय गर्नमा मदत गर्नु |

एकोहोरो लेखा प्रणाली र दोहोरो लेखा प्रणाली बीच भिन्नता :
परिचय‬:
एकोहोरो लेखा प्रणाली: आर्थिक कारोबारको एक तर्फ मात्र प्रभाव रहने गरि राखिने लेखालाई एकोहोरो लेखा प्रणाली भनिन्छ |
दोहोरो लेखा प्रणाली : आर्थिक कारोबारको दुइ पक्षको प्रभावलाई देखाउने गरि राखिने लेखलाई दोहोरो लेखा प्रणाली भनिन्छ |
पूर्णता:
एकोहोरो लेखा प्रणाली: यसमा दुइ पक्षको असर नपर्ने हुँदा तथ्यांक अपूर्ण र अधुरो रहन्छ |
दोहोरो लेखा प्रणाली : यसमा दुइ पक्षीय असर पर्ने भएकाले तथ्यांक पूर्ण हुन्छ |
‎त्रुटि‬ मुल्यांकन:
एकोहोरो लेखा प्रणाली: यसबाट सन्तुलन परिक्षण खाता तयार गर्न नसकिने भएकाले गणितीय त्रुटिहरु थाहा पाउन सकिदैन |
दोहोरो लेखा प्रणाली : यसबाट सन्तुलन परिक्षण लगायतका खाता तयार गर्न सकिने भएकाले गणितीय त्रुटिहरु थाहा पाउन सकिन्छ |
सस्थाको‬ मुल्यांकन:
एकोहोरो लेखा प्रणाली : यसबाट वासलात तयार गर्न नसकिने हुँदा सस्थाको यथार्थ आर्थिक स्थिति थाहा पाउन सकिदैन |
दोहोरो लेखा प्रणाली : यसबाट वासलात तयार गर्न सकिने हुँदा सस्थाको यथार्थ आर्थिक स्थिति थाहा पाउन सकिन्छ |
‎आर्थिक‬ हिनामिना पहिचान:
एकोहोरो लेखा प्रणाली : आर्थिक हिनामिना पत्ता लगाउन ज्यादै गारो हुन्छ |
दोहोरो लेखा प्रणाली : आर्थिक हिनामिना सजिलै पत्ता लगाउन सकिने हुँदा अनियमितता हुनबाट बचाउन सकिन्छ |

‎प्रस्तुति‬: ज्ञानसागर

No comments:

Post a Comment