Wednesday, July 20, 2016

नेपाल राष्ट्र बैंकले ग्राहक पहिचान सम्बन्धमा जारि गरेका निर्देशनहरु

१. बैंक तथा वित्तीय सस्थाहरुले ग्राहक स्वीकार प्रक्रिया, ग्राहकको परिचय गर्ने प्रक्रिया, ग्राहकको कारोबारको अनुगमन प्रक्रिया र जोखिम व्यवस्थापन प्रक्रिया जस्ता बिषयमा केन्द्रित भई आफ्नु ग्राहक पहिचान कार्यविधि तयार गर्नु पर्नेछ |

२. बैंक तथा वित्तीय सस्थाले ग्राहकको खाता खोल्दा, ग्राहकलाई ऋण प्रदान गर्दा, विदेशी मुद्राको ड्राफ्ट, टेलिग्राफिक ट्रान्सफर गर्दा वा त्यस्तो ट्रान्सफरबाट रकम स्वीकार गर्दा तथा ग्राहकसंग मुद्रा वा मुद्राको प्रतिस्थापन सम्बन्धि कारोबार गर्दा तथा प्रतीतपत्र लगायतका अन्य कारोबार गर्दा अनिवार्य रुपमा ग्राहकसंग आवस्यकता अनुसार संलग्न अनुसूची-१ बमोजिमका सुचनाहरु लिनु पर्नेछ | जुनसुकै प्रयोजनका लागि नया खाता खोल्दा ग्राहक पहिचान लगायत पुरा गर्नु पर्ने अन्य आवस्यक सम्पूर्ण प्रक्रियागत व्यवस्था पुरा गरेरमात्र खाता खोल्नु पर्नेछ |

३. बैंक तथा वित्तीय सस्थाले आफ्नु प्रत्येक कार्यालय/साखामा संलग्न अनुसूची-१ बमोजिमको कागजात लगायत अन्य कागजातहरु तोकिएको कर्मचारीबाट प्रमाणित गराई राख्नु पर्नेछ |

४. नेपाल सरकारको उद्योग, बाणिज्य मन्त्रालय अन्तर्गतको कार्यालयमा दर्ता नभई महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गा.वि.स. जस्ता स्थानीय निकाय वा औषधि व्यवस्था बिभाग. खानि बिभाग लगायत अन्य सरकारी निकायबाट इजाजतप्राप्त गरि आयकर प्रयोजनको लागि नेपाल सरकार, अन्तरिक राजस्व विभागबाट स्थानीय लेखा नम्बर वा मूल्य अभिब्रिद्दी कर नम्बर प्राप्त गरि बिभिन्न उद्योग ब्यापार वा व्यवशाय संचालन गरिरहेका ग्राहकसंग बैंक तथा वित्तीय सस्थाले पछिल्लो पटक कर चुक्ता गरेको प्रमाणपत्र र नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरेको प्रमाणपत्र लाई समेत कर्जा वा अन्य बैंकिंग कारोबार गर्ने प्रयोजनको लागि आधार मान्न सकिनेछ |

५. बैंक तथा वित्तीय सस्थाले कुनै ग्राहकको संकास्पद तथा अस्वाभाविक रुपमा कारोबार बढेमा वा घटेमा वा अस्वाभाविक रुपमा विदेशबाट विप्रेषणको माध्यमबाट वा कुनै माध्यमबाट रकम प्राप्त भएमा वा विदेशबाट प्राप्त हुने रकमको स्रोत नखुलेमा वा स्पस्ट नभएमा त्यस्ता संकास्पद तथा अस्वाभाविक कारोबार र ग्राहकको विवरण तयार गरि मासिक रुपमा आफ्नु संचालक समितिमा पेश गर्नु पर्नेछ |

➡ साथै, बैंक तथा वित्तीय सस्थामा जम्मा हुन आउने दश लाख रुपैयाभन्दा माथिका रकमको कारोबार, खाता, वहि, स्रेस्ता वा हिशाब संचालन सम्बन्धि छुट्टै प्रक्रियागत संयन्त्र तयार गर्नु पर्नेछ र त्यस्तो कारोबारको स्रोत समेत सम्बन्धित ग्राहकबाट उल्लेख गर्न लागाई राख्नु पर्नेछ | यश प्रयोजनका लागि ग्राहक स्व-घोषण पनि मान्य हुनेछ |

➡ बैंकले पाँच लाख वा सो भन्दा माथिको रकम सटहि गरेको कारोबार विवरण र संकास्पद कारोबारको विवरण नेपाल राष्ट्र बैंक को वित्तीय जानकारी ईकाईमा अनिवार्य रुपमा पुर्याउनु पर्दछ |

स्रोत: ज्ञान सागर

No comments:

Post a Comment